सादर आमन्त्रण
“श्री राम’’
श्रीरामशरणम् समाज
स्वयम्भू, बुद्धपार्क पछाडी, गीता मन्दिर परिसर
स्वयम्भू, काठमाडौं, फोन नं. : ५६७२८५७
३ दिन खुल्ला सत्संग २०८१ साल जेठ ३, ४ र ५ गते
(May 16, 17 & 18, 2024)
प्रिय भक्तजनहरु,
श्री राम कृपाबाट संत कुल स्वामी सत्यानन्दजी महाराज, श्री प्रेमजी महाराज परम श्रद्धेय संतवर श्री स्वामी डा. विश्वामित्रजी महाराजको पावन आशिर्वाद बाट ३ दिन खुल्ला सत्संगको आयोजना श्रीरामशरणम् समाज काठमाडौंलाई निमित्त बनाएर हुने भैरहेको छ, जसमा सबै गुरुजनोको भावमय उपस्थितिबाट गुरुतत्व “सुक्ष्म भाव तरंग” साधकहरुको लागि मार्ग दर्शन गर्नु हुनेछ ।
यो बिशुद्ध आध्यात्मिक सत्संगमा निम्न लिखित कार्यक्रममा सबै परिवारहरुलाई सादर आमन्त्रण गरिएको छ । कृपया पाल्नुस् ।
सत्संग हुने स्थान
श्रीरामशरणम् समाजको सत्संग भवन
स्वयम्भू, बुद्धपार्क पछाडी, गीता मन्दिर परिसर
स्वयम्भू, काठमाडौं
नेपाल
सम्पर्क नम्बरहरु
९८४१-२०६७६५, ९८१८-०२१६६६, ९८४१-५५४८५१, ९८५१०-८४५१२, ९८१८-४८२१६५, ९७५१०-२७१२७
आयोजक
श्रीरामशरणम् परिवार
काठमाडौं, नेपाल।
विषेश अनुरोध
प्रत्यक दिन अमृतवाणी-सत्सग बिहान ७ बजेदेखि ८ बजेसम्म
र शनिबार बिहान ८ बजेदेखि १० बजे सम्म हुन्छ ।
कृपया आउनुनै शान्ति र आनन्दको लाभ लिनु होस् ।
निवेदन
-
- कृपया सत्संग शुरु हुनुभन्दा १५ मिनेट अगाडी पाल्नु होस् ।
-
- अनुशासनको पालनामा विशेष ध्यान राखी दिनु होस् ।
-
- कृपया सत्सग हलभित्र प्रवेश गर्नु अगाडी नै मोबाईलको स्वीच बन्द गरिदिनु होस् ।
सत्संग
- श्री अमृतवाणी सकिर्तन ।
- श्री भक्तिप्रकाश तथा श्रीमद्भगवत गीताजीको पाठ।
- श्री बाल्मिकीय रामायण सार पाठ ।
- सन्त कविहरुले रचना गरेको भजन सकिर्तन ।
- ध्यान ।
- साधना सत्संग, खुल्ला सत्संगको आयोजना गर्ने ।
- अखण्ड राम नाम जप साधना ।
- प्रवचन ।
- नाम-दिक्षा ।
सत्संगको विशेषता
- अनुशासनको पालना ।
- समयको पालना ।
- कुनै किसिमको आडम्बर देखावा छैन ।
- भेटी चढाउनु नपर्ने ।
- यो सन्त पथ हो, कुनै पनि मत वा सम्प्रदाय् होइन ।
- यसमा कुनै किसिमको बन्धत छैन ।
- पाउ छुने र ढोग्ने चलन छैन ।
- मानस उपासना ।
- आत्म कल्याणको लागी सरल तथा श्रेष्ठतम् साधना पथ ।
- प्रसाद वितरण र पुष्प (फूल) सज्जा गरिदैन ।
कृपया खुल्ला सत्संगमा बस्न चाहने साधक /साधीकाहरुले २०८१ साल वैशाष २२ गते शनिबार सम्ममा नाम दिई सक्नु पर्नेछ । नाम स्वीकृत भैसकेको साधक/साधीकाहरु २०८१ साल जेठ २ गते बुधबार बेलुका ८:०० बजे भित्रमा उपस्थित भै सक्नु पर्नेछ ।
सत्सग हल बिहान ४ बजेदेखि राति ९ बजे सम्म खुल्ला रहन्छ । त्यो समयमा नियमित बैठकको समय अतिरिक्त साधकहरु सत्संग हलमा बसेर जप गर्न सकिन्छ ।
बिशुद्ध आध्यात्मिक सत्संग
